टेलिभिजन कार्यक्रम ‘गण्डकी छड्के’ का प्रस्तोता तथा निर्माता अपिल त्रिपाठी एक स्थापित संचारकर्मी हुन । त्रिपाठी डेढ दशक भन्दा बढी समय देखी नेपाली टेलिभिजन क्षेत्रमा सक्रिय छन । संचारकर्मलाई पेशा मात्र नभई सामाजिक न्याय र रुपान्तरणको माध्यमको रुपमा अंगिकार गरीरहेका उनी निर्भिक, निडर, खोजमुलक र जोखिमपुर्ण रिपोटीङका लागी प्रख्यात छन । जटिल बिषय माथीको रिपोटीङमा प्रमाण संकलन तथा प्रस्तुतीकरण र अन्तरवार्ता शैली उनको आधारभुत बिशेषता हो ।
भष्ट्राचार, ठगी, गुण्डागर्दी, कर्मचारीतन्त्रका तमाम बेथिति, दुषित राजनिति तथा आम मानिसका दैनिकीका समस्या नै त्रिपाठीका रिपोटीङका बिषयबस्तु हुने गरेका छन । सामान्यतः उनको रिपोटीङमा ठुला ठुला समस्याका पहाड देखाइदैन, बरु आम मानिसले दैनिक भोगिरहेका समस्यालाई समाधानको चरण सम्म पु¥याउने गरीन्छ ।
६० को दशकमा एफ.एम रेडियो बाट मिडिया करियर शुरु गरेका उनी पोखरा महानगरपालिका वडा नं. २८ कालिकामा जन्मिएका हुन । बिभिन्न रेडियो, पत्रिका, अनलाइन र टेलिभिजनमा काम गरेको अनुभव उनीसंग छ । पोखराको रेडियो गण्डकी बाट ६० को दशकमै ‘गण्डकी छड्के’ नामक कार्यक्रमको प्रसारण शुरु गरेका त्रिपाठीले पछी सोही शैलीको कार्यक्रम टेलिभिजनमा प्रस्तुत गर्न थालेका थिए । ‘गण्डकी छड्के’ हाल नेपालको सबैभन्दा बढी हेरीने न्युज फर्माटको कार्यक्रम हो ।
‘गण्डकी छड्के’ — तथ्य, प्रमाण र समाधानमुखी दर्शक‑केन्द्रित पत्रकारिता।
डेढ दशक+ रेडियो, पत्रिका, अनलाइन र टेलिभिजनमा पेशागत संलग्नता।
भष्ट्राचार, ठगी, गुण्डागर्दी, बेथिति र जनजीवनका मुद्दा।
फिचर, अन्तरवार्ता, स्पिकिङ् इन्गेजमेन्ट र प्रोडक्सनका लागि सम्पर्क गर्नुहोस्।